दोहोरो अंकले घट्यो नेप्से

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । आइतबार उल्लासमय तरिकाले बढेको नेप्से एक दिन पनि टिक्न नपाउँदै पुनः घटेको छ । साताको कारोबारको आज दोस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार ११ दशमलव २७ अंकले घटेको नेप्से परिसूचक १८९६ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज २९० कम्पनीका ५२ हजार ४ सय ८० पटकको कारोबारमा ६० लाख १७ हजार सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब ७५ करोड ४७ लाख रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १२ अंकले घटेर ३६२ दशमलव ६९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved