हमासले थप १७ जना बन्धक मुक्त गर्यो, विपिन कहिले छुट्लान ?

नेपालभ्युज

हमासले थप १७ जना बन्धक मुक्त गर्यो, विपिन कहिले छुट्लान ?
फाइल तस्वीर

काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासले थप १७ जना बन्धक ‍मुक्त गरेको छ । तर नेपाली बन्धक विपिन जोशी भने अझै मुक्त भएका छैनन्

आइतबार राति छोडिएका बन्धकमध्ये १३ इजरायली, तीन थाई र एक रुसी नागरिक छन् । हमासले यी बन्धकलाई रेडक्रससमक्ष बुझाएको बीबीसीले जनाएको छ ।

इजरायलले आफ्ना १४ र तीन विदेशी नागरिकलाई हमासले रेडक्रससामु बुझाइएको बताएको छ । बन्धकको राष्ट्रियतालाई लिएर केही उल्झन देखिएको छ ।

रूसका नागरिकसँग इसराइलको पनि नागरिकता भएकाले यस्तो भएको हो । हमासले रूसी राष्ट्रपति पुतिनको प्रयासका कारण बन्धक रिहा गरेको बताएको छ ।

यद्यपी इजरायलले उनी आफ्ना नागरिक रहेको बताएको छ । अस्थायी युद्धविरामको तेस्रो दिन पनि हमासले सहमति अनुसार बन्धक रिहा गरेको छ । युद्ध विरामको अब एक दिन मात्रै बाँकी छ ।

इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । अहिलेसम्म करिब ३९ इजरायली र १२० जना प्यालेस्टिनी रिहा भैसकेका छन् ।

नेपाली बन्धक विपिन जोशी भने अझै पनि मुक्त हुन सकेका छैनन् । युद्धविरामको अन्तिम दिन भोलि सोमबारसम्म उनी मुक्त नभए बन्धक अवधि थप लम्बिनेछ ।

हमास र इजरायलबीच चारदिनसम्म युद्धविराम भएको छ । उक्त अवधिमा दुवैतर्फबाट बन्धक मुक्त गर्ने सहमति भएको छ ।

नेपालका विपिनको रिहाईका लागि भने सरकारी प्रयास अपुरो देखिएको छ । हमासले सहमति भन्दा बाहिर गएर थाई बन्धक रिहा गरेको छ । तर, विपिनको रिहाईका लागि भने ठोस प्रयास भएको देखिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved