क्रिकेट हेरिरहेका छन् प्रधानमन्त्री

नेपालभ्युज

क्रिकेट हेरिरहेका छन् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिरहेका छन् ।

उनले सरकारी निवास बालुवाटारबाटै खेल हेरिरहेका छन् । उनका साथमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक सदस्य-सचिव टङ्कलाल घिसिङसमेत छन् ।

अहिले खेलको दोस्रो हाफ चलिरहेको छ । दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको सामान्य लक्ष्य दिएको छ ।

अहिलेसम्म नेपाल २ विकेटको क्षतिमा ६९ रन बटुल्न सफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved