दुर्गा प्रसाईंको प्रदर्शन आज पनि, यस्तो छ प्रशासनको तयारी

नेपालभ्युज

दुर्गा प्रसाईंको प्रदर्शन आज पनि, यस्तो छ प्रशासनको तयारी

काठमाडौं । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंले आज पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

शुक्रबार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिबार तीनकुनेमा प्रदर्शन हुने र त्यहाँ आफू पनि सहभागी हुने बताएका थिए ।

पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएका थिए ।

त्यसपछि शुक्रवार प्रहरीले उनलाई घरबाट निस्कन दिएको थिएन । यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका केही समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे ।

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरेका थिए । तर, प्रशासनले कार्यक्रम गर्न नदिने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved