दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन

नेपालभ्युज

दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन

काठमाडौं । विवादित मेडिकल व्यवसायी  दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन  भएको  छ ।

राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक समेत रहेका व्यवसायी प्रसाईंको समर्थनमा शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र युवा समुह, कास्कीको आयोजनामा उनीहरुले  ‘राजा आऊ, देश बचाउ’  भन्ने नाराबाजीसहित र्‍याली निकालेका थिए । प्रदर्शनमा सहभागी एक प्रदर्शनकारीका अनुसार उनिहरुले  प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरुले साथ दिएको बताए ।

नेताको स्वार्थमा चलेको राजनीतिलाई जनताको स्वार्थमा केन्द्रित गर्न चाहेको ति प्रदर्शनकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved