तीनकुनेमा प्रदर्शन गर्न नपाएपछि सानोठिमी पुगे प्रसाईंका समर्थक

प्रसाईं घरभित्रै थुनिए, बाहिर पुलिसको ताँती

तीनकुनेबाट लखेटिएका उनीहरु प्रदर्शन गर्न प्रसाईंनिवास सानोठिमी पुगेका हुन् ।

नेपालभ्युज

तीनकुनेमा प्रदर्शन गर्न नपाएपछि सानोठिमी पुगे प्रसाईंका समर्थक

काठमाडौं । तीनकुनेमा प्रदर्शन गर्न नपाएपछि दुर्गा प्रसाईंका समर्थक सानोठिमी पुगेका छन् । तीनकुनेबाट लखेटिएका उनीहरु प्रदर्शन गर्न प्रसाईंनिवास सानोठिमी पुगेका हुन् ।

सानोठिमी पुगेका उनीहरुले झुण्ड–झुण्ड भएर प्रदर्शन गरिरहेका छन् । प्रसाईं भने घरभित्रै नजरबन्दमा परेका छन् ।

गणतन्त्रविरोधी प्रसाईं समूहले तीनकुनेमा प्रदर्शन गर्ने भनेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । र, तीनकुने क्षेत्रबाट शंकास्पद प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रसाईं समूहले बिहीबार बल्खुमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved