यस्तो छ मेयर बालेनले चलचित्र प्रशारण गर्न सेन्सर बोर्डलाई दिएका सुझाव

नेपालभ्युज

यस्तो छ मेयर बालेनले चलचित्र प्रशारण गर्न सेन्सर बोर्डलाई दिएका सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विभिन्न खाले चलचित्र प्रशारणमा रोक लगाउन आग्रह गरेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिलाई एक पत्र लेख्दै उनले स्वाभिमानमा आँच आउने खालका चलचित्र प्रदर्शनमा रोक लगाउन आग्रह गरेका हुन् ।

मेयर शाहले विभिन्न चार बुँदे सुझावसहित समितिका अध्यक्षलाई सम्बोधन गरेर पत्र लेखेका छन् । उनले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् ।

त्यस्तै पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन उनले सुझाएका हुन्।

त्यस्तै कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउनुपर्ने उनको आग्रह छ ।

सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर शाहले पत्र लेखेका हुन् ।

कार्यविधिअनुसार प्रतिबन्धित चलचित्रका दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शनमा आए महानगरले आवश्यक कदम चाल्नेसमेत मेयरले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved