प्राप्त उपलब्धी रक्षाका लागि सबै एक हुन प्रचण्डको आग्रह

नेपालभ्युज

प्राप्त उपलब्धी रक्षाका लागि सबै एक हुन प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धी रक्षाका लागि सबै एक हुन आग्रह गरेका छन् ।

बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धी कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धीको रक्षामा लाग्नुपर्ने बताए ।

उनले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धीको रक्षा गर्न बिर्सिने परिपाटीको विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दुस्साहस, दिवा स्वप्न र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भएपनि सफल हुन नसक्ने बताए ।

प्रधानमन्त्री दाहालले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved