महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना

महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा रहेका थुनुवाहरुको लागि पुस्तकालय स्थापना गरेको छ । विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबिच भएको कार्य सम्पादन सम्झौता अनुसार मंगलबारबाट “हिरासतमा पुस्तकालय” संचालन भएको एसपी मल्लले जानकारी दिए ।

पुस्तकालयको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरेका छन् । थुनामा रहने मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउन पुस्तकालय महत्त्वपूर्ण कडी सावित हुने विश्वास भट्टराईले व्यक्त गरे ।

पुस्तकालयमा ३ सय ९७ पुस्तक राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली साहित्यका सबै विधाका ५ सय किताबहरु जिल्ला प्रहरी कार्यालयमा रहेको एसपी मल्लले बताए । कार्यालय पुस्तकालय र हिरासत पुस्तकालय स्थापना संगै अब छिट्टै नागरीक- प्रहरी पुस्तकालय समेत संचालन गर्ने तयरी रहेको एसपी मल्लले बताए ।

आन्तरिक कार्यविधी बनाएर थुनुवालाई निश्चित समय खुल्ला वातावरण समेत उपलब्ध गराइ पढ्ने बानिको विकास गराउने लक्ष्य रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved