गृह मन्त्रालयको काममा सुधार ल्याउन अध्ययन समिति बनाइयो, संयोजकमा पूर्वमुख्यसचिव पौडेल

नेपालभ्युज

गृह मन्त्रालयको काममा सुधार ल्याउन अध्ययन समिति बनाइयो, संयोजकमा पूर्वमुख्यसचिव पौडेल

काठमाडौं । गृह मन्‍त्रालयले आफ्नो काममा सुधार ल्याउनका लागि पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले खासगरी ७ वटा निकायको काम सुधार गर्ने योजनाका साथ समिति बनाएको हो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयका काम प्रभावकारी बनाउन समिति गठन गरिएको सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा जानकारी गराएका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन विभाग, स्थानीय प्रशासन तथा त्यसका सेवा प्रभाव, विपद् व्यवस्थापन र राष्ट्रिय परिचय पत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अध्ययन गर्न समिति बनाइएको गृहमन्त्री श्रेष्ठले बताए।

समितिको तीन महिना कार्यअवधि राखिएको छ।

अध्ययन समिति संयोजक पौड्याल, सदस्यहरू पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved