टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा मुद्दा (रिट निवेदनसहित)

नेपालभ्युज

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा मुद्दा (रिट निवेदनसहित)

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय सुनिल रञ्जन सिंह र सरिता थापाले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

टिकटक प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै उनीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।

त्यस्तै अधिवक्ता दिनेश त्रिपाठी पनि शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका छन् ।

टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको भन्दै रिट निवेदन दर्ता गरिएको छ ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved