हमास इजरायल युद्धमा गाजा क्षेत्रमा मात्रै ११ हजार मारिए

नेपालभ्युज

हमास इजरायल युद्धमा गाजा क्षेत्रमा मात्रै ११ हजार मारिए

काठमाडौं।  हमास र इजरायलबीच युद्ध सुरु भएको ३७ औं दिनसम्म पुग्दा गाजा क्षेत्रमा मात्रै ११ हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको दाबी गरिएको छ । उक्त अवधिमा युद्धग्रस्त गाजाबाट १५ लाख प्यालेस्टिनी नागरिक विस्थापित भएका छन् ।

इजरायलले भने गाजा क्षेत्रमा मारिएको संख्या तथ्यपरक नभएको दाबी गरेको छ । इजरायलका एक सैन्य अधिकारीले हमाससँग भएका चार हजार लडाकुको १० प्रतिशत मारिएको बीबीसीसँग दाबी गरेका छन् ।

गत असोज २० (अक्टोबर ७) मा इजरायलको दक्षिण क्षेत्रमा प्रवेश गरी हमासको आक्रमणमा १० नेपालीसहित १२ सय जना मारिएपछि इजरायलले युद्धको घोषणा गरेको थियो ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको हवाई र स्थल आक्रमणमा परी शनिबारसम्म चार हजार चार सय बालबालिकासहित ११ हजार जना मारिएका छन् ।

इजरायली सेनाको आक्रमणमा परेको अल रफा अस्पतालसँग शनिबारदेखि सम्पर्क विच्छेद भएकाले मृत्यु भएकाहरूको थप विवरण आउन नसकेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved