हिमालयन रिइन्स्योरेन्सले गर्‍यो भूकम्प पीडितहरूलाई राहत वितरण

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्सले गर्‍यो भूकम्प पीडितहरूलाई राहत वितरण

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भूकम्प पीडितहरूलाई ३५ लाख बराबरको राहत वितरण गरेको छ । भूकम्पको कारण धनजनको क्षति भएका मानिसहरूलाई राहतस्वरूप कम्पनीले ३५ लाख बराबरको सामग्रीहरू वितरण गरेको हो ।

संकटको यस घडीमा सहयोग गर्न प्रतिबद्ध हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ३५ लाख बराबरको १,८७८ त्रिपालहरू र २,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।

१,८७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको छ ।

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको र पुन निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पुन निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved