‘मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई धोका दिएको छैन’ लेखेकी दिपासाले पिइन् विष

नेपालभ्युज

‘मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई धोका दिएको छैन’ लेखेकी दिपासाले पिइन् विष

काठमाडौं । मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरेको कारण मृत्यु भएको बताइएको छ । उनको शरीरमा बिषको मात्रा उल्लेख्य भेटिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

उडुस मार्ने विष पिएर सिकिस्त भएपछि उनलाई हिजो राति नर्भिक अस्पताल लगिएको थियो । आज विहान मृत्यु भएको थियो ।

उनका नजिकका साथीहरूका अनुसार उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उनले प्रेममा धोका पाएको बुझिने खालका स्ट्याटस राख्दै आएकी थिइन् ।

केही दिनअघि उनले फेसबुकमा लेखेकी थिइन् ‘‘जीवनमा आफूभन्दा बढी महत्त्व कसैलाई नदिनु । यो संसारमा सबैभन्दा विश्वासिलो त मृत्यु मात्र रहेछ। जसले आजसम्म कसैलाई धोका दिएको छैन।’’

दिपाशा म्युजिक भिडिओमा सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो ।

डान्सर एवं अभिनेत्री दिपाशा बीसीको निधन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved