प्रदेशमा चुनाव लडेका एमालेका ६ केन्द्रीय सदस्यको पद रिक्त

नेपालभ्युज

प्रदेशमा चुनाव लडेका एमालेका ६ केन्द्रीय सदस्यको पद रिक्त

काठमाडौं । नेकपा एमालेको प्रदेश नेतृत्वका लागि चुनाव लडेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । प्रदेश अध्यक्षको उम्मेदवार बनेकाले गुलाबजगं शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालको पद रिक्त भएको हो ।

पार्टी विधानको व्यवस्था अनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको हो । बुधबार बसेको सचिवालय बैठकमा पद रिक्त भएको जानकारी दिइएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

शाह कर्णाली र ढुंगेल बागमती प्रदेशको अध्यक्ष निर्वाचित भएका छन् । तर रिजाल, अधिकारी, दाहाल र ढकाल प्रदेश अध्यक्षमा पराजित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved