लेकसाइडबाट पामेमा सिफ्ट हुँदै ‘पोखरा’, विदेशको झल्को दिने रेस्टुरेन्टको लहर (भिडिओ)

‘द बीच बार एन्ड लज’ले ल्यायो चाडबाड अफर

मुख्य मानिएको गन्तव्य सुनसान बनिरहँदा पामे आसपासका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल ह्वातै बढ्न सुरु भएको देखिन्छ । खहरे चोकबाट केही पर छ, पामे क्षेत्र । त्यहाँ जाने बाटोमै पर्छ। खपौदी । ती क्षेत्रमा स्थानीय (फेवातालको माछा)को स्वाद लिनका लागि पर्यटक पुगिरहेका छन् ।

नेपालभ्युज

लेकसाइडबाट पामेमा सिफ्ट हुँदै ‘पोखरा’, विदेशको झल्को दिने रेस्टुरेन्टको लहर (भिडिओ)

काठमाडौं। पोखरा भनेपछि सबैलाई झल्को आउँछ, लेकसाइड, फेवा किनार र फेवा ताल । पर्यटकका लागि मुख्य गन्तव्य मानिएको लेकसाइड क्षेत्र कोरोना महामारीपछि सुस्तायो ।

तर, लेकसाइट सुस्ताए पनि पामे आसपासका क्षेत्रले भने अवसर पाइरहेको छ ।

मुख्य मानिएको गन्तव्य सुनसान बनिरहँदा पामे आसपासका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल ह्वातै बढ्न सुरु भएको देखिन्छ ।

खहरे चोकबाट केही पर छ, पामे क्षेत्र । त्यहाँ जाने बाटोमै पर्छ। खपौदी । ती क्षेत्रमा स्थानीय (फेवातालको माछा)को स्वाद लिनका लागि पर्यटक पुगिरहेका छन् ।

०००

भिडिओ-

केही वर्ष अघिसम्म परिचित थिएन पामे क्षेत्र । लेकसाइडको मुख्य कोलाहलभन्दा केही परको गन्तव्यमा कम पर्यटक पुग्थे। प्याराग्लाइडिङ ल्यान्डिङको मुख्य गन्तव्य थियो पहिला ।

त्यहाँ पक्की बाटो र पुल बन्यो। ठुला लगानीमा होटेल रेस्टुरेन्ट खुल्न थाले । कोरोना अघि खुलेको अल्फान्जो, द बिच, महामारीकै समयमा खुलेको पाम बिच र महामारीपछि खुलेको नर्थ बिच पर्यटकको रोजाइमा पर्ने रेस्टुरेन्ट हुन् ।

त्यहीँ पामे जाने बाटो खपौदीमा रहेको ‘द बीच बार एन्ड लज’ले चाडबाड अफर ल्याएको छ । फेवातालको दृश्य र शान्त वातावरणका कारण पनि पर्यटकले खपौदी क्षेत्रलाई रुचाएको ‘द बीच बार एन्ड लज’का म्यानेजर खेम पोखरेल बताउँछन् ।

उनले भने, ‘‘हाम्रा रेस्टुरेन्टमा धेरै सेवा तथा अफरहरू छन्। यसैले पर्यटकको रोजाइमा परिरहेको छ । यसका साथै फोटोलाई लक्षित गरी बनाइएको रेस्टुरेन्टको बनोट छ। यसलाई आन्तरिक पर्यटकले रुचाएका छन् । विदेशी पर्यटकको पनि उपस्थिति उत्साहजनक छ ।’’

कोरोना महामारीपछि सञ्चालनमा आएको ‘द बीच बार एन्ड लज’लाई पर्यटकले रुचाउन थालेका छन् ।

पृष्ठभूमिमा नरिवलको बोट जस्तै रुखहरुदेखाएर खिचिएको आन्तरिक पर्यटकको फोटोले नै हो ‘द बीच बार एन्ड लज’ले चर्चा कमाएको। फोटोमा हेर्दा गोवा, थाइल्यान्ड वा दुबईका समुद्र किनार जस्तै देखिन्छ । सामाजिक सञ्जालमा राखिएका तस्वीर देखेरै त्यहाँ धेरै पर्यटक झुमिन्छन् ।

सुरुआतमा पर्यटकले फोटोकै लागि रुचाए । अहिले भने उक्त रेस्टुरेन्ट अतिथि सत्कारले आफ्नै एक स्थान बनाउन सफल बनिसकेको छ ।

फराकिलो क्षेफलमा फैलिएको लक्जरी रेस्टुरेन्टमा रेष्टेरेन्टसहित रूम र स्विमिङ पुलसहितका सुविधा छन् । बाराही ग्रुपको लगानीमा रहेको ‘द बीच बार एन्ड लज’ फेवा किनारमा छ।

यो रेस्टुरेन्टमा अरूभन्दा धेरै सुविधाहरू छन् । अहिले दशैं, तिहार छठ लक्षित अफर ल्याएको छ । अफरमा जोडीका लागि डिलक्स रूम, ब्रेकफस्ट, ६ हजार पाँच सय रुपैयाँ रहेको छ ।

वाराही ग्रुपको पोखरा लेसाइडमा होटेल वाराही, चितवनमा वाराही जङ्गल लज, वाराही, पोखरामा साराङकोट माउन्टेन लज, आवास पोखरा र काठमाडौं कान्तिपथमा वाराही काठमाडौं नामका होटेल छन् । पोखरामा व्यञ्जन रेस्टुरेन्ट समेत बाराही ग्रुपले चलाउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved