बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा समस्या छन्ः अर्थमन्त्री महत

नेपालभ्युज

बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा समस्या छन्ः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताएका छन् । मंगलवार पुनर्बीमा कम्पनी लिमिटेडको १० औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले नेपालको बीमा क्षेत्र सुधारको लागि नियमक निकाय बलियो हुन आवश्यक रहेको बताए। उनले पछिल्लो समय बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मजबुत हुन नसक्दा समस्या आइरहेको उल्लेख गरे । अर्थमन्त्री महतले बीमाको नियमक निकाय र बीमा क्षेत्र सुधारको आवश्यकता रहेको बताए ।

उनले नेपालका ठूला जलविद्युत आयोजना निर्माण हुन लागेको र जलवायु परिवर्तनको समेत असर बढ्दै गएकाले पुनःबीमा कम्पनीको ठूलो महत्व रहेको बताए। उनले बीमामा निजी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाउनको लागि राज्यको उपस्थिति बलियो बनाएर निजी क्षेत्रमा हुने अनियमिततालाई रोक्न सक्नुपर्ने बताए ।

उनले सरकारी स्वामित्वमा रहेको संस्थाहरुमा जिम्मेवार व्यक्तिहरुले व्यवसायिक हिसाबले काम नगरेको अवस्था रहेको बताए।

पुनर्बीमा कम्पनीले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले  भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved