भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, विजेताले १ लाख पाउने  

नेपालभ्युज

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, विजेताले १ लाख पाउने  

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गरेको छ ।

यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्ने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले दिदी९भाइको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्त्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ ।

सहभागीहरूले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ७५ हजार रुपैयाँ नगद र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने एनसेलले जनाएको छ ।

‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ । विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतिमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधैँ अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

प्राप्त सबै भिडियोहरू मध्ये छानिएका भिडियोहरू भाइटिकाका दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरूमार्फत सार्वजनिक गरिनेछ ।

निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता सहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरूको समीक्षा र मूल्यांकन गर्ने छ । यस प्रतियोगिताका विजेताहरू २९ कात्तिक भाइटिकाको दिन घोषणा गरिने एनसेलले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने व्यक्ति वा समूहले २३ कात्तिकसम्म भिडियो पठाइसक्नुपर्ने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved