बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

नेपालभ्युज

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको जम्मा रु १६ लाख ८० हजार निकासा भएको हो ।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले एक रजत र तीन कांस्यपदक जितेको थियो । सुष्मा तामाङले नेपाललाई रजत पदक दिलाएकी थिइन् भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले रु छ लाख तथा बाँकी तीन खेलाडीले जनही रु तीन लाख नगद पुरस्कार पाउनेछन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही रु एक लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार पनि निकासा गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved