आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

नेपालभ्युज

आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

काठमाडौं । व्यावसायिक अटोमोबाइल्स उद्योग आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयरमा नेपालले आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि जितेको छ ।

आइमारले हरेक वर्ष प्रोफर्मर्स अफ द इयर मनाउने गरेको छ । कार्यक्रममा नेपालसहित ३० देशले सहभागिता जनाएका थिए ।

‘प्रतियोगितामा विभिन्न कठिन चरण समावेश गरिएको थियो, जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश थिए,’ कार्यक्रमपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न देशका २०० सहभागीले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए ।’

नेपालको व्यावसायिक सवारीको क्षेत्रमा चर्चित आइसर ब्रान्ड बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved