जाजरकोट भुकम्प : घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर

नेपालभ्युज

काठमाडौं। शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको  भूकम्पमा परी घाइते भएका ८ जनाको अवस्था गम्भीर रहेको छ ।  गृह मन्त्रालयका अनुसार गम्भीरमध्ये ६ जनाको भेरी अस्पताल, एक जनाको प्रदेश अस्पताल सुर्खेत र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सोमबार साँझसम्म भूकम्पका कारण १५३ जनाको मृत्यु र ३४० जना घाइते भएका छन् । घाइते मध्ये २४६ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् भने बाँकीको भेरी, मेडिकल कलेज कोहलपुर, प्रदेश अस्पताल सुर्खेत, शिक्षण अस्पताल काठमाडौं र सम्बन्धित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved