भूकम्प पीडितलाई ५१ लाख रकम दिँदै एनआईसी एशिया बैंक

नेपालभ्युज

भूकम्प पीडितलाई ५१ लाख रकम दिँदै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको हो । उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज हस्तान्तरण गरेका छन् ।

गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठुलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

भूकम्पमा परी घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बैंक परिवारले मृतकप्रति श्रद्धाञ्जलीसमेत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved