नेपालको पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना छ : अध्यक्ष ढकाल

नेपालभ्युज

नेपालको पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले नेपालको ऊर्जा, पर्यटन, कृषि, आइसिटी लगायतका क्षेत्रमा ‘एक्सप्लोर’ गर्न लगानीकर्तालाई आग्रह गरेका हुन् ।

आज काठमाडौंमा सुरु भएको ‘एसिया प्रशान्त उद्योग वाणिज्य महासंघ (सीएसीसीआई)’को ३७औँ सम्मेलनमा उनले नेपाली ऊर्जा, पर्यटन, वन, कृषि, आइसिटी, हर्बललगायत  विभिन्न क्षेत्र सम्भावना बोकेको भन्दै त्यसमा लगानी गर्न उनले आग्रह गरेका छन् ।

सर्वोच्च शिखर सगरमाथा र सिद्धार्थ गौतमको जन्मस्थल शान्ति क्षेत्र प्रसिद्ध लुम्बिनी लगायतका चर्चित पर्यटकीय स्थल नेपालमै रहेको उल्लेख गर्दै उनले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको बताए ।

उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै यहाँ गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त पार्न खोजे ।

उनले नेपालले हाल भारत, चीन, बंगलादेशलगायत राष्ट्रमा ‘ड्युटिफ्री मार्केट कनेक्टिभिटी’ बाट व्यापार गर्दै आएको, साउथ एसियासहित विश्वका विकसित देशमा भौतिक र डिजिटल रूपमा पहुँच बढाएर व्यापार बजार बिस्तारसँगै अर्थतन्त्रमा सुधार गर्न चाहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved