भिजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

नेपालभ्युज

भिजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

काठमाडौं । भिजी फाउन्डेशनले जाजरकोट भूकम्प प्रभावितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमार्फत उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्र भएर गएका भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

फाउन्डेसनले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved