बढ्यो पाउण्ड र युरोको भाउ 

नेपालभ्युज

बढ्यो पाउण्ड र युरोको भाउ 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ ।

आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो । युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो । अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६  रुपैयाँ ६८ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved