१० नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

नेपालभ्युज

१० नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ । सोहि कार्यक्रमको लागि १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका छन् ।

यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो । यसै बीच, विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरे । त्यहाँको कक्षाहरूमा संलग्न भए र विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए ।

यस भ्रमणको क्रममा, विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरु जस्तैः लन्डनको रोचक शहरहरु र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए ।

सफ्टवारिका कलेजका क्याम्पस प्रमुख श्री प्रमोद पौडेलको अनुसार आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको बुद्धि विकासको लागि निकै महत्त्वपूर्ण रहेको र यस आकर्षक र मनमोहक कार्यक्रममा सहभागी लिएको विद्यार्थीहरू प्रतिभाशाली मात्र नभएर प्रस्तुतिकरण सीप र पारस्परिक सिकाइ सीप भएको कुरामा जोड दिए ।

श्री पौडेलको भनाई अनुसार, सफ्टवारिका कलेज अब आउने सालहरुमा पनि यस्ता विश्वव्यापी कार्यक्रम आयोजना गरिरहने छ, जसले सफ्टवारिका कलेजको विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved