राहत वितरणमा अलमल हुँदा भूकम्पपीडित झन् पीडामा

राहत वितरणमा ढिलाइ हुँदा आफन्तसँगै घरबास गुमाएकाहरु खुला आकाशमुनि भोकभोकै बस्न बाध्य भएका छन् ।

राहत वितरणमा अलमल हुँदा भूकम्पपीडित झन् पीडामा

सुर्खेत । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा राहत वितरणमा ढिलाइ हुँदा नागरिकको दैनिकी कष्टकर बन्न थालेको छ ।

राहत वितरणमा ढिलाइ हुँदा आफन्तसँगै घरबास गुमाएकाहरु खुला आकाशमुनि भोकभोकै बस्न बाध्य भएका छन् । सरकारले एकद्वार प्रणाली अपनाउने भन्दै अहिलेसम्म यहाँ कसैलाई राहत वितरण गर्न दिएको छैन ।

भूकम्प पीडितका लागि सरकारी तथा गैरसरकारी संस्थाले दिएको राहत वितरण गर्नका लागि पीडितको रेकर्ड नहुँदा समस्या भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे पनि पीडित परिवारको तथ्यांक संकलन नहुँदा अलमल भएको भेरी नगरपालिका–५ का मनबहादुर रावतले बताए ।

संकलित राहत सामग्री सम्बन्धित पालिकामार्फत बुझाउने काम भैरहेको र आइतबार बेलुकासम्म राहत वितरण हुने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved