इन्स्टाग्राममा एउटा पोस्टको लाखौं लिन्छन् बलिउडका यी कलाकार

नेपालभ्युज

इन्स्टाग्राममा एउटा पोस्टको लाखौं लिन्छन् बलिउडका यी कलाकार

एजेन्सी । इन्स्टाग्राम एउटा त्यस्तो प्लेटफर्म हो जसको माध्यमबाट कलाकारले आफ्ना फिल्मको पनि प्रचारप्रसार गर्ने गर्दछन् । कयौंले आफ्नो फिल्म रिलीजका लागि इन्स्टाग्रामको सहारा लिने गर्छन् ।

आज हामी स्टार किड्सहरुले एउटा इन्स्टाग्राम पोस्टका लागि कति पैसा लिने गर्छन् भन्नेबारे बताउनेछौं ।

चंकी पान्डेकी छोरी अनन्या पान्डेलाई अब चिनाइरहनु त पर्दैन । उनले कम उमेरमै फिल्मी करिअरको सुरुआत गरेकी छन् । उनका इन्स्टाग्राममा २४ मिलियन फलोअर्स छन् । उनले इन्स्टाग्राम रिलका लागि ५ देखि १० लाख, स्टोरीका लागि ४ देखि ८ लाख रुपैयाँ लिने गर्छिन ।

त्यस्तै सारा अलि खान बलिउडकी चर्चित कलाकार तथा सैफ अलि खानकी छोरी हुन् । उनी पनि इन्स्टाग्राममा एकदमै क्रियाशील छन् । उनका ४३ मिलियन फलोअर्स छन् । उनी हरेक ब्रान्डबाट ५० देखि ६० लाख रुपैयाँ लिने गर्छिन् । उनले कुनै पनि पोष्ट सेयर गर्नका लागि ६ देखि ७ लाख लिने गर्छिन् ।

दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको करिअर मात्र पाँच वर्ष पूरा भएको छ । तर उनका पनि प्रसंशको कमी छैन । उनले कुनै पनि ब्रान्डलाई इन्स्टाग्राम पोस्ट मार्फत प्रचार गर्न ८ देखि ९ लाख रुपैयाँ लिने गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved