टी-२० विश्वकप छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

नेपालभ्युज

टी-२० विश्वकप छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
फाइल तस्वीर

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोली आगामी वर्ष हुने विश्वकपका लागि छनोट भइसकेका छन् । खेल विहान ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । आज नेपाल त्यसको बदला लिँदै प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ ।

नेपालले सेमिफाइनलमा यूएईलाई हराएको थियो भने ओमान बहराइनलाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो ।

विश्वकपमा छनोट भइसकेकाले नेपालले प्लेइङ ११ मा केही परिवर्तन हुने सम्भावना छ । दीपेन्द्र सिंह ऐरी फिट नभएकाले उनको स्थानमा सन्दीप जोरा नै आउन सक्नेछन् ।

यस्तै करण केसीको स्थानमा ललित राजवंशीले खेल्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved