भूकम्पमा परि एकै नगरपालिकाका ४२ जनाको मृत्यु, सय घाइते

नेपालभ्युज

भूकम्पमा परि एकै नगरपालिकाका ४२ जनाको मृत्यु, सय घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पमा परी ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् । घाइते भएका एक सयजनामध्ये जिल्ला अस्पताल सल्ले, नगर अस्पताल राडी र गम्भीर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार चलिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति पुर्‍याएको छ । मानवीय क्षति भएको ठाउँको खोजी कार्य सकिएको र थप आवश्यक परे नगर प्रहरी जनप्रतिनिधि नेपाल प्रहरी लगाए कर्मचारीको समूह तयारी अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए।

सानीभेरीमा गाउँपालिका १० जनाको मृत्यु र ५० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाफीकोट गाउँपालिका–१ र मुिसकोट नगरपालिकामा दुई घाइते भएका छन् ।

उक्त क्षेत्रमा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved