यस्ता चीजले हुन्छ नसा बलियो

नेपालभ्युज

यस्ता चीजले हुन्छ नसा बलियो

एजेन्सी । भागदौडपूर्ण जीवनमा मानिसको शरीरमा अनेक समस्या देखिने गर्छन् । जसमध्ये अहिले नसाको समस्या पनि अत्यधिक देखिने गर्छ ।

जसले गर्दा मानिसलाई तनाव, शरीरमा दुखाई तथा निद्रा नलाग्ने जस्तो समस्या हुन सक्छ । यस्तोमा केही घरेलु उपायहरु अपनाएर पनि कमजोरीलाई भगाउन सकिन्छ ।

नसा कमजोर हुँदा शरीरमा तनाव, मांसपेशीमा कमजोरी, शरीरमा दुखाई जस्ता लक्षण हुन्छन् । साथमा हिँड्दा तथा दौडिँदा पनि थकान महसुस हुन्छ । बिहान नास्तामा एक गिलास दुधसँग ५ देखि १० वटा खजुर खानाले नसाको कमजोरी निको हुन्छ । साथमा खजुरले शरीरमा इम्युनिटी पनि बढाउन सहयोग गर्छ ।

अमलाले पनि शरीरमा हुने नसाको कमजोरी हुनबाट जोगाउँछ । यसका लागि अमलाको धुलोलाई दुध वा पानीसँग मिसाएर बिहानको समयमा पिउन सकिन्छ ।

प्याज र महमा कयौं औषधीय गुणहरु पाइन्छ, जसले नसालाई बलियो बनाउँछ । यसका लागि कचौरामा प्याज र मह मिसाउनुहोस् । त्यसपछि अदुवाको रस मिसाएर दैनिक दुई चम्चा सेवन गर्नुहोस् ।

गुड स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । गुडमा भरपूर मात्रामा आइरन, क्याल्सियम तथा भिटामिन हुन्छन् जसले कमजोर नसालाई बलियो बनाउँछ । यसका लागि दैनिक बिहान खाली पेट गुडको एउटा टुक्रा खानुहोस् ।

केरामा हुने प्रोटिन, आइरन, फाइबर, क्याल्सियम र जिंकले शरीरको कमजोरीलाई हटाउनुका साथै नसालाई बलियो बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved