जनप्रदर्शनलाई लिएर सार्वजनिक भएका टीकाटिप्पणीप्रति माओवादीको ध्यानाकर्षण

नेपालभ्युज

जनप्रदर्शनलाई लिएर सार्वजनिक भएका टीकाटिप्पणीप्रति माओवादीको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले बुधबार प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गरेका छन् । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved