समानुपातिक निर्वाचन प्रणालीमाथि सांसदका प्रश्नैपश्न

नेपालभ्युज

समानुपातिक निर्वाचन प्रणालीमाथि सांसदका प्रश्नैपश्न

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको प्रभावकारीतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । कतिपय सांसदले भने समानुपातिक निर्वाचन प्रणाली राम्रो भए पनि नेपालमा दुरुपयोग भएको टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्ने अधिकांश सांसदहरुले समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि प्रश्न उठाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको टिप्पणी गरेका छन् ।

सभापति लामिछानेले संविधानको मर्मविपरीत धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताएका हुन् । उनले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेको भन्दै रोष प्रकट गरे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved