डिशहोमको अफर: एक वर्षको फाइबर नेट जोड्दा दुई वर्ष सेवा लिन पाइने 

नेपालभ्युज

डिशहोमको अफर: एक वर्षको फाइबर नेट जोड्दा दुई वर्ष सेवा लिन पाइने 

काठमाडौँ । बडादशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरूका लागि ल्याएको थियो ।

अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरू जडान गर्न सक्ने थिए । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई९६ राउटर पाउने थिए ।

उक्त अफरको ग्राहकहरूबाट अत्यधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिन सम्म अर्थात् मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ ।

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१९५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved