श्रीलंकासँग पराजयसँगै साविक बिजेता इङ्ग्ल्याण्ड विश्वकपबाट लगभग बाहिर

नेपालभ्युज

श्रीलंकासँग पराजयसँगै साविक बिजेता इङ्ग्ल्याण्ड विश्वकपबाट लगभग बाहिर
तस्वीर स्रोत: क्रिकइन्फो

काठमाडौं । विश्वकप क्रिकेटको साविक बिजेत इङ्ग्ल्याण्ड विश्वकप २०२३ बाट लगभग बाहिरिने भएको छ । विहीबार श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै लगातार तेस्रो हार व्यहोरेको इङ्ग्ल्याण्ड विश्वकपको उपाधि उचाल्ने स्पर्धाबाट बाहिरिने भएको हो । यो इङ्ग्ल्याण्डको ५ खेलमा चौथो हार हो ।

बैंगलोरको चिन्नास्वामी स्टेडियममा विहीबार टस जितेर ब्याटिङ रोजेको इङ्ग्ल्याण्ड ३३.२ ओभरमा १५६ रन जोडेर अलआउट भयो । १५७ रनको लक्ष्य पाएको श्रीलंकाले २ विकेट गुमाएर २५.४ ओभरमा लक्ष्य भेट्टायो ।

ओपनर पथुम निसांका र सदीरा समरविक्रमाले सतकीय साझेदारी गरे । दुवैले तेस्रो विकेटको लागि १२२ बलमा १३७ रन जोडे ।

यो पराजयसँगै श्रीलंका तालिकाको नवौं स्थानमा झरेको छ भने श्रीलंका पाँचौं स्थानमा उक्लिएको छ । यो हारसँगै इङ्ग्ल्याण्ड पूर्ण रूपमा विश्वकपबाट बाहिरिइसकेको नभए पनि टप फोरमा स्थान बनाउन कठिन संघर्ष गर्नुपर्नेछ ।

पाँच खेलमा चार खेलमा पराजित रहेको इङ्ग्ल्याण्डले २ अंक जोडेको छ । अब उसले थप चार खेल खेल्नेछ । शीर्ष चारमा स्थान बनाउन उसले सबै खेल जित्दा १० अंक जोड्न सक्छ । योसँगै उसको प्रतिस्पर्धी टिमहरूको प्रदर्शनमा पनि उसले भर पर्नुपर्ने हुन्छ । अब उसको प्रतिस्पर्धा अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र अफगानिस्तानसँग हुनेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved