ब्रेकअप पछि पनि भेट्छन् बलिउडका यी कलाकार

नेपालभ्युज

ब्रेकअप पछि पनि भेट्छन् बलिउडका यी कलाकार

एजेन्सी । विशेषगरी फिल्म उद्योगमा हरेक दिन कुनै सम्बन्ध तोडिन्छ भने कुनै सम्बन्ध नयाँ सुरुआत भइरहेको हुन्छ ।

केही जोडी त्यस्ता पनि छन् जो सम्बन्ध बिग्रिएपछि एकअर्काको मुख पनि हेर्न चाहँदैनन् भने कोही त्यस्ता पनि छन् जसले अन्य व्यक्तिसँग विवाह वा अन्य सम्बन्ध भइसक्दा पनि पुरानो वा भनौं एक्ससँग पनि राम्रो सम्बन्ध राख्ने गर्छन् । त्यस्तै केही जोडीका बारेका यहाँ कुरा गरौं ।

भारतका कन्नड फिल्म अभिनेता रक्षित शेट्टीले भनेका छन् कि उनी आफ्नी भूतपूर्व प्रेमिका रश्मिका मन्दानासँग अहिले पनि बोलचालमा छन् । साथमा उनले अभिनेत्रीको प्रशंसा पनि गरेका थिए ।

रणवीर कपूर र दीपिका पादुकोण यस्तो जोडीमा पहिलो नम्बरमै पर्छन् जसको ब्रेकअप पछि झनै राम्रो दोस्ती अर्थात  साथी बनेका थिए । उनीहरुले ब्रेकअप पछि पनि फिल्ममा सँगै काम समेत गरिसकेका छन् ।

रणवीर सिंह र अनुष्का शर्मा पनि एक समयमा सम्बन्धमा भएको चर्चा थियो । ब्रेकअप पछि उनीहरु अहिले राम्रो साथी छन् । दुवैले एकअर्कालाई देख्दा वा भेट्दा बेवास्ता गर्दैनन् ।

सलमान खान र कैटरीना कैफ पनि एउटा समयमा सम्बन्धमा थिए । तर, ब्रेकअप भएपछि पनि उनीहरु साथी रहिरहे । छिट्टै उनीहरु टाइगर ३ मा एकसाथ देखिँदैछन् ।

एउटा समय थियो जब अक्षय कुमार र रवीना टन्डन सम्बन्धमा थिए । उनीहरुको इन्गेजनमेन्छ समेत भइसकेको हल्ला चलेको थियो । तर पछि उनीहरुको सम्बन्ध बिग्रियो । वर्षौंपछि अब दुवै राम्रो साथी भएका छन्, त्यसैले पनि उनीहरु एकसाथ फिल्म वेलकम ३ मा देखिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved