पहिलो फिल्म नपाउँदै १५ पटक रिजेक्ट भइसकेका छन् आमिर खानका छोरा जुनैद

नेपालभ्युज

पहिलो फिल्म नपाउँदै १५ पटक रिजेक्ट भइसकेका छन् आमिर खानका छोरा जुनैद

एजेन्सी । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान अहिले सामाजिक सञ्जालमा निकै चर्चामा  छन् ।

अहिलेसम्म उनी लाइमलाइटबाट टाढा छन् तर हालै उनीतिर सबैको ध्यान तानिएको छ । जब एउटा शुटबाट उनको तस्वीर अचानक भाइरल भयो ।

जुनैद आफ्नो डेब्यू फिल्मको तयारीमा छन् । यही विषयलाई लिएर हालै आमिर खानले एक अन्तरवार्तामा परिवार तथा भाईभतिजावादका बारेमा बोलेका छन् ।

उनले भनेका छन्– ‘त्यो नेपोटिज्म होइन, एक प्रकारको बेवकुफी हो जसले काम जान्दैन उसलाई लिनुभएको छ भने जसले काम जान्छ उसलाई छोड्नुहुन्छ ।’ उनले अगाडि थपे, ‘मेरो छोरा हो जुनैद । उसले अहिले आफ्नो पहिलो फिल्मको शुटिंग पुरा गरेको छ । यसअघि उ १५ पटक रिजेक्ट भइसकेको छ । धेरै ठाउँमा अभिनय तथा थियटर सिकेपछि फरक-फरक ठाउँमा काम माग्न गयो । मसँग उसले काम मागेन र मैले उसलाई काम दिन्छु पनि भनिन ।’

आफ्नो छोराको संघर्ष बारे बताउँदै आमिरले जुनैदले विभिन्न निर्देशक तथा निर्माता कम्पनीको अफिसमा गएर घन्टौं कुरेर काम मागेको पनि बताए ।

आमिरले भने, “उसले मेरो नाम लिएर धेरै ठाउँमा फोन गर्न पनि सक्थ्यो । मेरो व्यक्तिगत विश्वास के छ भने यदि तपाईंलाई काम आउँछ भने कसैले रोक्न सक्दैन र तपाईंले काम गर्न जान्नुहुन्न भने जतिसुकै हातखुट्टा ढोगे पनि उपलब्धी हुँदैन ।”

अहिले आमिरका छोरा जुनैद खान वाईआरएफको ‘महाराज’ फिल्मबाट बलिउडमा प्रवेश गर्न तयार छन् । यसबाहेक उनले आफ्नो दोस्रो फिल्म पनि साइन गरिसकेका छन् । जसमा उनी साई पल्लवीसँग देखिनेछन् । हाल यस प्रोजेक्टबारे अन्य जानकारी दिइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved