धनगढीमा प्रदेश लगानी सम्मेलन हुने

नेपालभ्युज

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए । यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

यस्तै कार्यसम्पादन समिति,सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ । लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन ।

प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा विकास र समृद्धिको सन्दर्भमा केन्द्र सरकारको सुदूरपश्चिमलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउन नसकेको र राजनीतिक अस्थिरताजस्ता कारण प्रदेशमा लगानी भित्रिन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved