बाइडेनले भने : हमास र पुटिन विश्वका लागि खतरा, इजरायललाई जुनसुकै सहयोग गर्न तयार

बाइडेनले भने, “यदि हामीले युक्रेनमा शक्ति र नियन्त्रणको लागि पुटिनको भोकलाई रोक्न सकेनौं भने उनले आफूलाई युक्रेनमा सीमित गर्नेछैनन्।”

नेपालभ्युज

बाइडेनले भने : हमास र पुटिन विश्वका लागि खतरा, इजरायललाई जुनसुकै सहयोग गर्न तयार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको लडाकू समूह हमास र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका लागि खतरा भएको आरोप लगाएका छन् ।

देशका नाममा गरेको सम्बोधनमा पुटिनले बारम्बार हमास र पुटिनलाई उस्तै भएको बताएका छन् । उनले अमेरिकाले युक्रेन र इजरायललाई ठूलो सहयोग दिने वाचा गर्दै अमेरिकी कंग्रेसलाई सहयोग प्याकेज पारित गरिदिन पनि आग्रह गरेका छन् ।

बाइडेनले इजरायल र युक्रेनका लागि १ सय अर्ब डलरको कोष आवश्यक रहेको पनि बताएका बीबीसीले जनाएको छ ।

हमास र रुस दुवैले दुवै छिमेकी लोकतन्त्रलाई पूर्ण रूपमा नष्ट गर्न चाहेको पुटिनको भनाई छ । उनले भने, “यदि हामीले युक्रेनमा शक्ति र नियन्त्रणको लागि पुटिनको भोकलाई रोक्न सकेनौं भने उनले आफूलाई युक्रेनमा सीमित गर्नेछैनन्।”

हमासले विश्वमा अव्यवस्थित दुष्टता फैलाएको भन्दै अहिलेलाई हमासले बन्धक बनाएका अमेरिकी भन्दा ठूलो विषय आफ्नो लागि अरु नहुने पनि बाइडेनले बताएका छन् ।

बाइडेनले रुस र हमास अमेरिकाको लागि खतरा भएकाले पनि आफूहरुले युक्रेन र इजरायलको पक्षमा सबै खाले सहयोग जारी राखेको प्रष्टिकरण समेत दिएका छन् ।

आतंकवादी र तानाशाहहरूले चर्को मूल्य तिर्नु पर्छ भनेर पनि उनले चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved