दशैं भित्रिए पनि चंगा पसलमा छैन चहलपहल (तस्वीरहरू)

पछिल्लो समय चंगाप्रतिको आकर्षण कम भएको छ । एक हिसाबमा स्मार्ट फोनले चंगालाई विस्थापित गरिदिएको छ ।

दशैं भित्रिए पनि चंगा पसलमा छैन चहलपहल (तस्वीरहरू)

काठमाडौं । चीनबाट सुरु भएको मानिने चङ्गा उडाउने चलन नेपाल भित्रिएको सदियौं भइसक्यो। केही दशक अघिसम्म दशैं लागेसंगै राजधानीको आकाशमा रंगीचंगी चङ्गा उडिरहेको देख्न पाइन्थ्यो। बालबालिकासँगै तन्नेरीहरु पनि चङ्गा उडाइरहेका भेटिन्थे।

चङ्गा जुधाएर अरुलाई चेट बनाउँदाको शान अर्कै हुने गर्दथ्यो। तर पछिल्लो समय चंगाप्रतिको आकर्षण कम भएको छ । एक हिसाबमा स्मार्ट फोनले चंगालाई विस्थापित गरिदिएको छ । अहिले उपत्यकाको बजारमा २५ रुपैयाँदेखि चार हजार रुपैयाँसम्मका कागज, प्लास्टिक अनि कपडाका चङ्गा पाइन्छन्।

यसैगरी चङ्गा उडाउन चाहिने लट्टाइको मूल्य ६०० रुपैयाँदेखि ३००० रुपैयाँको हाराहारीमा छ। धागोको भने गुणस्तर अनुसारको मूल्य रहेको छ। यी चंगाहरु प्रायः भारतबाट आउने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved