कोशीमा कांग्रेस पनि सत्तापक्ष, मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

नेपालभ्युज

कोशीमा कांग्रेस पनि सत्तापक्ष, मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

काठमाडौं । एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका विद्रोही केदार कार्कीलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएर प्रदेशसभामा सत्तापक्षकै लहरमा बस्ने कोशी कांग्रेसले निर्णय गरेको छ ।

केन्द्रको निर्देशनअनुसार कोशी कांग्रेसले यस्तो निर्णय गरेको हो ।

कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो ।

कार्कीले आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved