विश्वप्रकाश भन्छन् : शेखर-शेरबहादुरले गल्ती सच्याएर अघि बढ्नुपर्छ

नेपालभ्युज

विश्वप्रकाश भन्छन् : शेखर-शेरबहादुरले गल्ती सच्याएर अघि बढ्नुपर्छ
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठनका मामलामा पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले गल्ती गरेको बताएका छन् ।

उनले दुवै नेताले गल्ती स्वीकारेर फेरि एकजुट हुनुपर्ने पनि बताएका छन् ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई तथा शुभकामना दिँदै उनले भनेका छन्, ‘फेरि पनि सबै जुटेर जानुको अर्को विकल्प छैन ! सभापतिको, डा शेखरको, हामी अन्य पदाधिकारीको या प्रदेश केन्द्रित साथीहरू जो जसको जे जस्तो कमजोरी र गल्ती छ, त्यसको गहन समिक्षा गर्नुनै छ र फेरिपनी मर्यादित संस्थागत प्रक्रियामा फर्किनुछ !’

कोशीमा एमालेको समर्थनमा विद्रोही कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved