गैरआवासीयलाई नागरिकता दिनु राष्ट्रघात हो : प्रभु साह 

नेपालभ्युज

गैरआवासीयलाई नागरिकता दिनु राष्ट्रघात हो : प्रभु साह 

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीयलाई नागरिकता वितरण गरेर  सरकारले राष्ट्रघाती कार्य  सुरु गरेको बताएका छन् । उनले सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।

शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ।  ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको सुरुआत हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो । खर्बौं खर्बको चल सम्पत्ति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनीहरूले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन्’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पत्तिसमेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाई खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’

विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved