विश्वकप क्रिकेट: अस्ट्रेलियाको पहिलो जित, श्रीलंका पाँच विकेटले पराजित

यसअघिका दुई खेलमा लगातार पराजित रहेको अस्ट्रेलियाले जितका लागि २ सय १० रनको लक्ष्य पाएको थियो । 

नेपालभ्युज

विश्वकप क्रिकेट: अस्ट्रेलियाको पहिलो जित, श्रीलंका पाँच विकेटले पराजित
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं ।   अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेट-२०२३ मा सोमबार पहिलो जित निकालेको  छ । लखनऊमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।

यसअघिका दुई खेलमा लगातार पराजित रहेको अस्ट्रेलियाले जितका लागि २ सय १० रनको लक्ष्य पाएको थियो ।  अस्ट्रेलियाले ५ विकेट गुमाएर ३५.२ ओभरमा २ सय १५ रन बनायो । अस्ट्रेलियाका लागि ओपनर मिचेल मार्सले ५२ रन र  जोस इङलिसले ५८ रन जोडे ।

त्यसअगाडि पहिले ब्याटिङ गरेको श्रीलंकाले  ४३.३ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन मात्र जोड्यो  । श्रीलंकाका लागि ओपनर  पाथुम निसन्काले ६१ र कुशल परेराले ७८ रनको योगदान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved