१२८ वर्षपछि ओलम्पिक्समा क्रिकेट समावेश

नेपालभ्युज

१२८ वर्षपछि ओलम्पिक्समा क्रिकेट समावेश

काठमाडौं। एक सय २८ वर्षपछि पहिलोपटक ओलम्पिक्समा क्रिकेटलाई समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले लस एन्जलस २०२८ को ओलम्पिक्समा क्रिकेट समावेश हुने औपचारिक घोषणा गरेको हो। सोमबार मुम्बईंमा भएको १४१औँ आईओसी सेसनमा आईओसीले क्रिकेटलाई पनि समावेश गरिने औपचारिक घोषणा गरेको हो।

टी-२० फर्म्याटमा क्रिकेट खेलाइनेछ। दुवै पुरुष र महिला टोलीबीच प्रतिस्पर्धा गरिनेछ। सुरुवातमा आईसीसीले ६ महिला र ६ पुरुष टोलीबीच प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

सन् १९०० को समावेश भएपश्चात् पहिलोपटक क्रिकेटलाई ओलम्पिक गेम्समा समावेश गरिएको हो। ओलम्पिक्समा क्रिकेट समावेश गर्न दुई वर्षको कडा मेहेनत र प्रस्तावमा नेतृत्वदायी भूमिका खेलेको आईसीसीले जनाएको छ।

टेलिभिजन र डिजिटल प्लाटफर्ममा ओलम्पिक गेम्सको  ३ बिलियनभन्दा बढी दर्शक हुने अनुमान गरिएको छ। सो दर्शकमा क्रिकेट थपिँदा थप ऊर्जा प्राप्त हुने  विश्वास आईसीसीले जनाएको छ।

यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्‍याउनेसमेत आईसीसीको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved