हमासको कब्जामा रहेका बन्धकको संख्याबारे इजरायलको नयाँ खुलासा

नेपालभ्युज

हमासको कब्जामा रहेका बन्धकको संख्याबारे इजरायलको नयाँ खुलासा

काठमाडौं । गाजापट्टीमा अतिवादी समूह हमासले बन्धक बनाएकाको संख्या अझै यकिन हुन सकेको छैन । इजरायली डिफेन्स फोर्स आइडीएफले हमासको कब्जामा रहेका बन्धकलाई लिएर नयाँ संख्या जारी गरेको छ ।

आइडीएफका प्रवक्ता डेनिएल हैगरीले हमासले गाजामा १९९ जनालाई बन्धक बनाइरहेको बताएका छन् । त्यसअघि इजरायलले बन्धकको संख्या १५५ रहेको बताएको थियो ।

प्रवक्ताले सबै बन्धकका परिवारलाई यसबारे जानकारी दिइसकेको पनि बताएका छन् । हमासले बन्धक बनाएकाको संख्याबारे केही बताएको छैन ।

हमासले असोज २० गते शनिबार इजरायलमा प्रवेश गरी अन्धाधुन्ध हत्या गरेको थियो । त्यसपछि हमास लडाकुले कयौंलाई बन्धक बनाएर गाजा लगेका थिए ।

बन्धकको रिहाईका लागि कतारले मध्यस्थताको प्रयास गरे पनि सफल हुन सकेन । हमासले आफूमाथि आक्रमण जारी रहे बन्धकको हत्या गर्ने चेतावनी दिँदै आएको छ ।

एक नेपाली विद्यार्थी पनि हमासको कब्जामा रहेको अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved