सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट

नेपालभ्युज

सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved