गुड र चना खाँदा हुन्छन् धेरै फाइदा

नेपालभ्युज

गुड र चना खाँदा हुन्छन् धेरै फाइदा

एजेन्सी । प्रायः तागतका लागि शखर वा गुड र चना खाने सल्लाह दिइन्छ । किनकी यसरी खाँदा शरीरका विभिन्न समस्याहरु पनि कम हुन्छन् । शखरमा आइरन, म्याग्नेशियम, ग्लुकोज पाइन्छ भने चनामा फाइबर, भिटामिन तथा प्रोटिन पाइन्छ । आउनुहोस् यी दुई चीजलाई एकैसाथ खाँदा हुने फाइदाहरुका बारेमा जानौं ।

शखर र चना एकसाथ खाँदा शरीरको कमजोरी टाढा भाग्छ र शरीर बलियो हुन्छ । यसले शरीरमा हेमोग्लोबिनको कमीलाई पनि पूरा गर्छ । यसका साथै एनीमियामा पनि यो खाने सल्लाह दिइन्छ ।

दैनिक गुड र चना एकसाथ खाँदा हड्डी पनि बलियो हुन्छ । ४० वर्षको उमेरपछि त यसको सेवन जरुर गर्नुपर्दछ । यसले जोर्नीमा भएको दुखाई पनि कम हुन्छ ।

गुड र चना एकसाथ खाँदा कब्जियत, एसिडिटी, खराब पाचन प्रक्रियाबाट पनि छुट्कारा पाउन सकिन्छ । यसले पाचन सिस्टमलाई राम्रो बनाउँछ । यस्तोमा यसको दैनिक रुपमा सेवन गर्नुपर्दछ ।

त्यस्तै यदी तपाईंको स्मरणशक्ति कमजोर छ भने पनि आफ्नो खानपानमा गुड र चनालाई समावेश गराउनुहोस् । यसलाई खाँदा शरीरमा सेरोटोनिन हर्मोन बढ्छ । जसले गर्दा तपाईंको स्मरणशक्ति पनि तेज हुँदै जान्छ ।

त्यस्तै दाँतका लागि पनि यो राम्रो मानिन्छ । यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउने काम गर्छ । १० ग्राम गुडमा ४ मि.ग्रा. फस्फोरस र १०० ग्राम चनामा १६८ मि.ग्रा. फस्फोरस पाइन्छ ।

यदी तपाईं तौल कम गरिरहनु भएको छ भने पनि बिहान अन्य अस्वस्थ खानेकुरा खानुभन्दा गुड र चनाको सेवन गर्नुहोस् । यसलाई एकसाथ खाँदा शरीरमा ऊर्जा आउँछ र भोक पनि कम लाग्छ जसले गर्दा तौल नियन्त्रित रहन्छ ।

गुड र चनामा पाइने प्रोटिन, पोटाशियमको मात्रामा मांसपेशीहरुको विकासमा मद्दत गर्छ । यसलाई एकसाथ खाँदा हड्डीका साथसाथै मांसपेशीहरु पनि बलियो हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved