गर्मी बिदामा बच्चालाई किताबसँग साथी बनाउने टिप्स

नेपालभ्युज

गर्मी बिदामा बच्चालाई किताबसँग साथी बनाउने टिप्स

एजेन्सी । बच्चाहरूको व्यक्तित्वमा निखार ल्याउनका लागि मोबाइलको साटो किताबहरू दिनु एकदमै बुद्धिमानी हुन्छ । बच्चालाई यस्ता किताब दिनुहोस्, जो उनीहरूको उमेरको हिसाबले लेखिएको होस् ।

बच्चाहरूलाई कम उमेरदेखि नै उनीहरूको रूची किताबमा बनाउनु राम्रो हुन्छ । बच्चालाई पढ्नमा रूची बढाउनका लागि सुरूवाती चरणमा उनीहरूसँगकै निश्चित समयमा सँगै बसेर पढ्नुहोस् ।

किताब पढ्नु पनि एउटा ड्यूटी हो, जस्तो नबनाउनुहोस् यसले बच्चाहरू किताबबाट टाढा भाग्छन् । किताबलाई रमाइलो तरिकाले पढ्ने बानी बसाल्नुहोस् ।

तपाईं पढ्ने समयलाई पनि रमाइलो समयको रूपमा राम्रो समय बच्चासँग बिताउन सक्नुहुन्छ । यसका लागि पढेको कुरा एकअर्कालाई भन्ने पनि गर्न सक्नुहुन्छ । यसले उनीहरूलाई पढ्न उत्साहित बनाउँछ ।

बच्चालाई किताब प्रेमी बनाउन छ भने यस्ता किताब छान्नुहोस्, जसमा चित्रहरूका साथै विषयवस्तु पनि रमाइलो होस् ।

किताबलाई त्यस्तो स्थानमा राख्नुहोस्, जहाँबाट बच्चाले सजिलै निकालेर पढ्न सकोस् । यसरी कम उमेरदेखि नै बच्चालाई किताबतिर आकर्षण बढ्छ र उनीहरू मोबाइल स्क्रीनबाट टाढा हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved