तीन जना एसपीको सरुवा, को कहाँ ?

नेपालभ्युज

तीन जना एसपीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । बिहीबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको  छ ।

धनुषास्थित मधेश प्रदेश प्रहरी गणमा कार्यरत हरिहरनाथ योगीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ भने पश्चिम नवलपरासीमा ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ ।

त्यहाँ कार्यरत काजीकुमार आचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यलयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको   छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved